डाक्टर मृत्यु प्रकारण : उच्चस्तरीय छानबिन गर्न प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन

सप्तरी – सप्तरीको विष्णपुर गाउँपालिका (खुरुहुरिया) यदुनन्दन यादवका छोरा डा विजय यादवको हत्याको घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
मंगलबार सप्तरीबासीले गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अर्थोपेडिक ३१ वर्षिया डा. याद बिराटनगर स्थित नोबेल अस्पतालमा ३ वर्ष देखि कार्यरत थिए ।
हाडजोर्नीमा गुणस्तरीय स्टिल प्रयोग गर्नुपर्ने बिषयमा अस्पताल भित्रैका केही डा.संग बिवाद रहेको आपसी रिसिवीको कारण हत्या गरिएको हुन सक्ने आशंका रहेकाले जाँच गर्न ज्ञापनपत्रमा माग गरेको छ ।
घटनाको उच्चस्तरीय छानबिन गरि दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे सप्तरीवासी चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा बताइएको छ। अस्पतालको छेउमै डेरा गरि बस्दै आएका यादवको २०७८ साल चैत १८ गते राति हत्या गरेर बस्तै आएको डेराको गेट शव राखिएको अबस्थामा शनिवार बिहान भेटिएको थियो ।
शवको नाक र मुखबाट रगत बगेको ,शरिरमा चोटपटक लागेको, एउटा खुट्टामा चप्पल लगाएको,अर्को खाली खुट्टा रहेको थियो।शव नजिकै लाईटर र महिलाले लगाउने चप्पल भेटिएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान समेत गरेको थियो ।

नरभक्षी चितुवा नियन्त्रणमा आएन

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

आज तपाइको भाग्य कस्तो छ? ( हेर्नुहोस राशिफल)

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

प्रतिक्रिया