शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

सन्दीप द हन्ड्रेडको कुनै टिममा बिकेनन्

काठमाडौं – नेपाली लेग स्पीनर सन्दीप लामिछाने द हन्ड्रेडको ड्राफ्टबाट कुनै पनि टिममा बिक्री हुन सकेनन् । मंगलबार भएको अक्सनबाट कुनै पनि टिमले उनलाई भित्र्याएनन् ।

विदेशी क्याटेगोरी अन्तर्गत लामिछानेले न्यूनतम ६० हजार पाउन्ड मुल्य राखेका थिए । एक सय बलको क्रिकेट प्रतियोगिताका लागि अघिल्लो सिजनमा ओभल इन्भिन्सिबल्समा आवद्ध भएपनि भिषाका कारण उनले खेल्न पाएका थिएनन् । त्यसपछि क्लबले उनलाई रिलिज गरेको थियो ।