बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

शान्ति मिसनमा कंगो पुगेका एक नेपाली सैनिक घाइते

फाइल तस्वीर

काठमाडौँ-  शान्ति सेनामा कंगो पुगेका नेपाली सेनाका एक सैनिक घाइते भएका छन् । नेप क्युआरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत अपरेशन सञ्‍चालन 'बाली' को दौरानमा विद्रोहीको गोली लागि ती सैनिक मंगलबार घाइते भएका हुन् । 

विद्रोहीको अक्जेटिभ स्थान कब्जा गरेपछि अज्ञात स्थलबाट आएको गोलीले सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ । घाइते सैनिकलाई तत्कालै हेलिकोप्टरमार्फत उद्धार गरि बुँनियास्थित लेबल २ अस्पतालमा लगिएको मुख्यालयले जनाएको छ । अन्य सैनिकहरू भने सुरक्षित रहेका छन् ।  

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा कर्डन एण्ड सर्चको कारबाही सञ्चालन भएको थियो ।