ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं– प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलासँग जबरजस्ती विमानको निषेध गरिएको क्षेत्रमा छिरेर भिज्युअल रेकर्ड गरी सम्प्रेषण गरेकोे विषयमा स्पष्टीकरण मागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर नेपाल फर्कने कममा ऋषि धमलाले विमान भित्रबाटै भिडियो प्रत्यक्ष प्रसारण गरेका थिए । अनुमतिबेगर, पटकपटक वायुसेवाका कर्मचारीहरुले सेक्युरिटी पोटोकलविपरीत भन्दासमेत जबरजस्ती भिडियो खिचेर प्रसारण गरिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने कममा भमण दलमा नै सहभागी तपाईले विमानभित्रैबाट अनुमतिबेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले सेक्युरिटी पोटोकलविपरीत हो, यसो नगरिदनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि जबरजस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्युअल रेकर्ड गरी सम्प्रेषण गरेको स्वअनुगमनबाट देखिएको छ,’ विज्ञप्तिमा भनिएकाे छ, पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा सङ्कलन र सम्प्रेषण सभ्य र शिष्टरुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेसागत अभ्यासमा सामाजिक शिष्टता र मयादित कार्यशैली प्रयोग गनुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को व्यवस्था रहेको छ ।’
काउन्सिलले बलजफती रुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेर दृष्य सहितको भिडियो प्रसारण गर्नपर्ने कारण २४ घण्टा मा पेश गर्न धमलालाई निर्देशन दिएको छ । ‘सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफतीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यहाँबाट पटकपटक यस्तो गैहपेसागत क्रियाकलाप किन हुन पुगेको हो पत्रकारिता क्षेत्रको मयांदा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ ।’
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचार संहिता भित्र नपर्ने कामहरू गरिएकाले स्पष्टिकरण सोध्नु परेको बताए ।

दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

नरभक्षी चितुवा नियन्त्रणमा आएन

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

आज तपाइको भाग्य कस्तो छ? ( हेर्नुहोस राशिफल)

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

प्रतिक्रिया