एसईई तयारीबारे परामर्श
भक्तपुर – एभरेष्ट इंलिस स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ ।
शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसईई परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् ।
आगन्तुक विशेषज्ञका रूपमा बोलाइएका झाले एसईईको महत्त्व, त्यसको मूल्यमान्यताबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।
ओरेन्टेशन प्रोग्राम अन एसईई प्रिपरेशन विषयमा भएको परामर्शमा विशेषज्ञ झाले एसईईको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए । उनले एसईईको तयारीमा रहेका विद्यार्थीका जिज्ञासाको सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्कुलबाट एसईई दिने तयारीमा रहेका कक्षा १० का एक सय १६ जना विद्यार्थी सहभागी थिए ।

नरभक्षी चितुवा नियन्त्रणमा आएन

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

आज तपाइको भाग्य कस्तो छ? ( हेर्नुहोस राशिफल)

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

प्रतिक्रिया