बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

वीरेन्द्रनगरमा चोरी गरेकाे आराेपमा एक जना पक्राउ

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरस्थित बजारका विभिन्न पसलहरुको ताला तोडी चोरी गरेकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा आज दिउँसो वीरेन्द्रनगर– ३ बस्ने २८ वर्षीय हिमाल शाहीलाई पक्राउ गरेको हाे । 

प्रहरी कार्यालयबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेपछि चेक जाँच गर्दा चोरी भएका सामानहरु र नगद रुपैया बरामद गरेको हाे । अनुसन्धानको लागि शाहीलाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसादद घर्तीले जानकारी दिए । 

शाहीबाट नेपाली नगद रुपैयाँ १२ हजार चार सय ५५, भारतीय नगद रुपैयाँ आठ हजार पाँच सय २८ बरामद गरेको छ । त्यसैगरी बच्चाले लगाउने चाँदीको बाला, ;सीक्री, मोबाइललगायतका सामान बरामद भएकाे प्रहरीले जनाएको छ ।