करिम बेन्जेमाको लियोन फर्कने चाहना

काठमाडौँ: क्रिस्टियानो रोनाल्डाले रियल म्याड्रिड छाडेपछि स्पेनी क्लबको मुख्य खेलाडी करिम बेन्जेमा नै हुन् । पछिल्ला दुई सिजन बेन्जेमा रियलका लागि उच्च गोलकर्ता रहे । यस सिजन पनि उनकै बलमा रियल ला लिगाको उपाधि दौडमा छ ।
रियलको इतिहासमै तेस्रो उच्च गोलकर्ता रहेका बेन्जेमाले कुल पाँच सय ४५ खेल खेलेर दुई सय ७२ गोल गरेका छन् । रियलले ला लिगा जित्दा होस वा च्याम्पियन्स लिग उचाल्दा, फ्रेन्च स्ट्राइकरको भूमिका अहम रहँदै आएका छन् । उनै बेन्जेमाको रियलसँगको सम्झौता जुन ३०, २०२२ मा सकिँदैछ । बेन्जेमाले रियल बसाई लम्ब्याउने टुङ्गो नहुँदा, लियोन दृश्यमा आउन थालेको छ ।
बेन्जेमाले सन् २००९ मा लियोन छाडेका थिए । त्यसपछिका वर्षमा लियोनले लिग जित्नु त परको कुरा, शीर्ष तीनमा पर्न पनि संघर्षरत गरिरहेको छ । २००१/०२ देखि २००७/०८ सम्म लगातार लिग जितेको लियोन त्यसपछि फेरि शीर्षस्थानमा फर्किएको छैन । लियोन पुनः फ्रान्सको शक्तिशाली क्लब बन्न चाहन्छ । लिग जित्न चाहान्छ । र, यसपटक लियोन लिग उपाधि दौडमा छ । लिग सकिँन नौ खेल बाँकी रहँदा लियोन अंक तालिकाको तेस्रो स्थानमा छ । लिग लिडर लिलभन्दा लियोन तनि अंकले मात्रै पछि छ ।
उता स्पेनमा, बेन्जेमा रियललाई लिगमा बलियो बनाउन डटिरहेका छन् । ३३ वर्षको उमेरमा पनि बेन्जे उक्तिकै फूर्तिला देखिन्छन् । निरन्तर गोल गरिरहेका छन् । गएका दुई सिजन उनले समान २१-२१ लिग गोल गर्न सफल रहे । रोनाल्डोको अनुपस्थितीमा रियलका लागि गोेलको मुख्य स्रोत नै बेन्जेमा हुन् । उनले पाछिल्ला पाँच लिग खेलमा सात गोल गरेका छन् ।
बेन्जेमालाई फ्रान्स फर्काउने सपना लियोनले त्यत्तिकै देखेको होइन । गत जनवरीमा मात्रै बेन्जेमाका पूर्व एजेन्ट करिम जाजिरीले रियलका स्ट्राइकर लियोन फर्कन सक्ने सम्भावना रहेको बताएका थिए । लियोनले पनि बेन्जेमासँग स्थान्तरणका लागि अनौपचारिक कुराकानी गरेको बताइएको छ ।
बेन्जेमा हाल रियलमा खुशी देखिए पनि जारी सिजनको अन्त्यमा उनले भविष्यका लागि योजना बुन्न थाल्नेछन् । उनको योजनामा लियोन पनि पर्नसक्छ । उता लियोनका लागि बेन्जेमाको पुनरागमन महत्वपूर्ण हुनेछ । आफ्नै एकेडेमीका उत्पादन बेन्जेमा स्टार बनेर घर फर्कदा लियोनले पक्कै पनि गर्व महसुस गर्नेछ ।
बेन्जेमालाई फ्रान्स फर्काउने सपना लियोनले त्यत्तिकै देखेको होइन । गत जनवरीमा मात्रै बेन्जेमाका पूर्व एजेन्ट करिम जाजिरीले रियलका स्ट्राइकर लियोन फर्कन सक्ने सम्भावना रहेको बताएका थिए । लियोनले पनि बेन्जेमासँग स्थान्तरणका लागि अनौपचारिक कुराकानी गरेको बताइएको छ । लियोनका अध्यक्ष जेन माइकल औलासले बेन्जेमासँग कुराकानी भएको पुष्टी गरिसकेका छन् । ‘बेन्जेमा फर्के अवश्य पनि लियोनका सर्मथक हर्षित हुनेछन् । उनलाई लियोन ल्याउन ढिलो गर्ने पक्षमा हामी छैनौँ । तर त्यसका लागि रियलले कस्तो प्रतिक्रिया जनाउछ, त्यो महत्वपूर्ण रहनेछ,’औलासले हालै भनेका छन् ।
बेन्जेमा लियोन फर्कने, नफर्केने भन्ने विषय रियलले उनको स्थानमा अर्को खेलाडी किन्न सक्छ सक्दैन भन्नेमा पनि निर्भर रहनेछ । रियलको नजर बोरुसिया डर्टमन्डका एर्लिङ हालान्डमाथि छ । यदि आउँदो सरुवा बजारमा हालान्ड रियल आइपुगे भने, बेन्जेमा बेन्च खेलाडी बन्नेछन् । त्यस्तो अवस्थामा बेन्जेमा लियोन फर्कने विकल्पमा लाग्नेछन् ।
यद्यपि बेन्जेमा भने हालान्ड रियल आए पनि आफ्नो स्थानमा खतरामा नपर्ने बताउँछन् । ‘उनी रियल आउन चाहान्छन् भने, त्यो क्लबका लागि खुशीको कुरा हो । त्यस बाहेक अरु म भन्न सक्छु र ?’ बेन्जेमाको प्रश्न थियो । तर रियलका लागि नयाँ स्ट्राइकरमा बजेट खर्च गर्नुभन्दा पहिले अन्य पोजिसनमा देखिएको समस्या सुल्झाउनुछ । विशेषगरी विङ्ग्समा ।
फेरि रियलका प्रशिक्षक जिनेदिन जिदान पनि बेन्जे बेच्ने हतारमा छैनन् । ‘सन् २००९ मा रियल आएयता बेन्जेमाले आफूलाई निरन्तर बलियो साबित गरिरहेका छन् । उनी कहिलेसम्म यही रफ्तारमा खेल्नेछन्, के थाहा ?’ बेन्जेमाको भनाई थियो ।
रियलको जर्सीमा बेन्जेमाले एक सिजनमा २१ भन्दा बढी लिग गोल गर्न सकेका छैनन् । यस सिजन उनलाई आफ्नो ब्यक्तिगत रेकर्ड सुधार्ने मौका छ । रियलमा हाल उनलाई प्रतिस्थापन गर्ने अर्को फरवार्ड छैन । त्यसकारण उनको रियल छाड्ने निर्णयले सरुवा बजारमा जिदानलाई अवश्य पनि खर्च गराउनेछ । लियोनले भने बेन्जेमाको त्यस्तो निर्णयलाई स्वागत गर्नेछ । किनभने बेन्जेमाको उपस्थितीमा लियोन बलियो बन्नेछ । कमसेकम अहिलेका लागि ।
अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया