कौडा गायक गणेश गुरुङको एकल साँझ सम्पन्न
काठमाडौं - कौडा किङ तथा लोकप्रिय गायक, सर्जक, संगीतकार गणेश गुरुङको एकल साँझ राजधानीमा सम्पन्न भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समितका सदस्य आशवीर गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा संघीय परिषद जनता समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
गायक गुरुङले विभिन्न चार चरणमा गायन प्रस्तुत गरेका थिए । पहिलो चरणमा उनले आयो ल्होसार, पिपलु छायाँ, दाइ त मेरो लाहुर जाने गीत प्रस्तुत गरेका थिए । दोस्रो चरणमा उनले गुरुङ भाषाको गीत देउराली र प्रेनोङलाई, ओछेनारा म्हैना, ङैङ्योल्स्यो रानी प्रस्तुत गरेका थिए ।
त्यस्तै तस्रो चरणमा मनकामना केबलकारमा चोक, याद आउँछ बेसरी, वरपिपलको छायाँ, सल्ला धुपैले गीत प्रस्तुत गरेका थिए । त्यस्तै चौथो चरणमा गायक गुरुङले सुनको औंठी, तल्लो ग्याजा गावै रमाइलो, जूनसरी माया गीत प्रस्तुत गरेका थिए । उनलाई सहगायनमा गायिका दुर्गा गुरुङ, छनु गुरुङ, भीमु गुरुङ, पवित्र गुरुङ, विष्णुमाया गुरुङ, शर्मिला गुरुङ, बीमा कुमारी दूरा, माया गुरुङ, तारा श्रीष, बबिता गुरुङ, विद्या गुरुङ, दुर्गा परियार, गायकहरु राजु गुरुङ, शिशिर गुरुङ लगायतलै साथ दिएका थिए ।
कार्यक्रममा गायक गुरुङलाई विभिन्न संघसंस्थाले पैसाको माला, खादा र फूल दिएर सम्मान व्यक्त गरेका थिए । विश्वमा छरिएर रहेका नेपालीहरू गणेश गुरुङ एकल साँझ हेर्नकै लागि नेपाल आएका थिए ।
गोरखा जिल्ला मनकामना–८ हाल सहिदलखन गाउँपालिकामा बुबा नरबहादुर गुरुङ र आमा सावित्री गुरुङको जेठो सन्तानका रुपमा जन्मिएका गायक गणेश गुरुङ लोकदोहोरीमा चर्चित नाम हो ।
करिब एक दर्जन एल्बम बजारमा ल्याएका गुरुङको वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्ला धुपैले, गोरखा मनकामना, रहर, गोगन पानीमा, सुनको औठी, दाइ त मेरो लाहुर जाने, गोरखा मनकामना, गोरखा डाँडा, सिरानचोक, गाउँ चिनारी गीत लगायत तीन सय भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् भने चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा रहेका छन् । २५ भन्दा बढी गुरुङ चलचित्रमासमेत गायन, संगीत र अभिनयका माध्यमले क्रियाशील रहेका गायक गुरुङ पछिल्लो समय कौडा किङका रुपमा पनि परिचित छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया