शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

कोभिड–१९ को जोखिम बढेको भन्दै सभा सम्मेलनमा रोक

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सभा, सम्मेलन, जुलुस, र्‍याली, भेला, बैठक, जमघट, गोष्ठी, सेमिनार लगायत भीडभाड हुने काम नगर्न आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति जारी गरी कोभिड–१९ को संक्रमण फैलने जोखिम कायमै रहेको र विश्वभर साथै छिमेकी देशहरूमा समेत फैलिरहेको भन्दै उचित स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ । 

साबुन पानीले हात धुन, स्यानिटाइजर र मास्कको प्रयोगका साथै भौतिक दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।