प्रहरी हिरासतमा आत्महत्या गर्न लागेका नेपालीलाई प्रहरीले बचायो

बुटवल- चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घाँटी रेटिएर घाइते अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार तामाका तारहरू कवार्ड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा अनुसन्धानमा रहेको प्रहरीले नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले बताइन् । हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानविन हुनुपर्ने मागसमेत गरेकी छिन् ।
हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो हतियारले घाँटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताए ।
उनले तामा चोरीको आरोपमा पक्राउ परेका नेपालीले आत्महत्या गर्न खोजेको तर प्रहरीले समयमै उद्दार गरेर अस्पतार लगेको दाबी गरे ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया