‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’का लागि गण्डकीका ३ सय ४० विद्यालय छनोट

पोखरा- गण्डकी प्रदेशमा ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम २०७८’ का लागि तीन सय ४० विद्यालय छनोटमा परेका छन् । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सु्चनामा प्रदेश भित्रका ३ सय ४० विद्यालय छनोटमा परेका छन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ देखि कार्यान्वयनमा ल्याएको ‘गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७८’ ले निर्धारण गरेका कार्यक्रमका लागि विद्यालय छनौट गरिएको हो । यो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले २२ करोड बजेट विनियोजन गरेको छ ।
छनोटमा परेका विद्यालयले तोकिएको मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्न प्रत्येक विद्यालयले दुई लाखदेखि सात लाखसम्म रकम पाउनेछन् । कार्यविधिले बालविकासदेखि उच्च माध्यमिक तहका प्राविधिक धारसहित क्याम्पसमा प्रविधि जडानसमेतका कार्यक्रमलाई छनोट गरेको छ । कार्यविधिले यसरी १९ वटा कार्यक्रमहरू छनोट गरेको छ ।

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

प्रतिक्रिया