बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, सुरुको तीन महिना कुनै शुल्क नलाग्ने

काठमाडौं – बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु भएको छ । इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको हो ।
यस सम्झौता संगै, बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले स्वदेशमा सहज रुपमा पैसा पठाउन सक्ने छन् । पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउन सकिने कम्पनीले जनाएको छ ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको ३ महिनासम्म कुनै शुल्क नलाग्ने इसेवाले जनाएको छ ।
विदेशबाट टेङ्गोपे मार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । त्यस्तै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न समेत सकिनेछ ।
रेमिट्यान्स सम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र टेङ्गोपेको तर्फबाट नेर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका हुन् ।

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया