नेपाल लाइफले सेयर सदस्यलाई लाभांश वितरण गर्ने

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर ०.७३६८ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० कारोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ ।
अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको थियो । स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा बधाई एवं शुभकामना व्यक्त गरे ।
अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि काम गर्ने बताए ।
सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसै गरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न शहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी गराए ।
सभाबाट आ.व.२०७६–०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरू सभाद्वारा पारित भएको छ ।

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया