मौलिक संस्कृति प्रवर्द्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै

काठमाडौँ- मौलिक खाना, संस्कृति र पर्यटन प्रवर्द्धनका ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरूत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो ।
पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत् मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको जनाएको छ ।
पाटा नेपालका अनुसार मास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ। सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरूमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन् ।
उक्त कार्यक्रम अन्तर्गत काठमाडौँ ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धधनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

नरभक्षी चितुवा नियन्त्रणमा आएन

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

आज तपाइको भाग्य कस्तो छ? ( हेर्नुहोस राशिफल)

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

प्रतिक्रिया