सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

युक्रेनमा `नरसंहार` भएको स्पेनी प्रधानमन्त्रीको दाबी

फाइल फोटो

काठमाडौँ - स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित `नरसंहार` को सङ्केत देखिएको बताएका छन् । 

रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको  बताइएको छ।

`हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ` उनले भने ।