निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते

वालिङ- स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते भएका छन् ।
चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गए राति निर्माणका क्रममा भत्किँदा कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
पक्की पुल निर्माण कार्यमा फलामको बिममाथि उचाली जडान गर्ने क्रममा बिमसहित खस्दा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराको हरिहरपुर–८ का २२ वर्षीय रामनिवास कुमार पटेल, सोही ठाउँ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनञ्जय ठाकुर, सोही ठाउँका २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाको मिरासन गाउँपालिका–४ का २३ वर्षीय सृजन परियार रहेका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।
घाइते भएकामध्ये रामनिवास कुमार पटेल र धनञ्जय ठाकुरको अवस्था गम्भीर रहेको छ । गम्भीर रहेका दुई जनाको पाल्पास्थित लुम्बिनी मेडिकल शिक्षण अस्पताल प्रभासमा उपचार भइरहेको छ । अन्यको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया