भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु

काठमाडाैँ –लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
एलेग्रिया १ नामक एक व्यावसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ । डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् ।
एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ । आप्रवासनका लागि अन्तराष्ट्रिय संगठनका अनुसार पछिल्लो हताहतीबाहेक यस वर्ष भूमध्यसागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ ।
न्युज कारखाना

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया