भागवत गीता स्कुलमा पनि पढाउनु पर्छ

मुम्बई : अभिनेत्री मौनी रोयले भागवत गीता देशभर पढाउनु पर्ने धारणा राखेकी छिन् । उनले गीता धार्मिक पुस्तक नभएर जीवनको सार भएकाले पनि यसलाई भारतभर पढाउनु पर्ने धारणा राखेकी हुन् ।
‘यसलाई धेरैले धार्मिक पुस्तकको रुपमा बुझ्नु भएको छ । मैले पनि लकडाउन अघिसम्म यस्तै सोच्थेँ । तर, लकडाउनमा फेरि यो पुस्तक पढ्दा यसमा त संसार रहेछ भन्ने ज्ञान भयो,’ उनले भनिन्, ‘त्यसैले यसलाई संसारकै मानिसले पढ्नु पर्छ भन्ने लाग्यो ।’
मौनीले सानो उमेरमा नै गीता सार पढेकी थिइन् । तर, लकडाउनको समयमा फेरि उनले गीता पढ्ने मौका पाइन् । यतिबेला भने उनले गीतामा धर्मको कुराभन्दा आफ्नो दैनिक जीवनलाई उपयोगी हुने कुराहरू भएको महसुस गरिन् । यसपछि उनलाई लाग्यो यसलाई सानो उमेरदेखि नै पढाउँदा बेस हुन्छ ।
टेलिभिजन हुँदै फिल्ममा आएकी मौनी रोय यतिबेला आयन मुखर्जीको निर्देशन रहेको फिल्म ‘ब्रम्हास्त्र’मा अभिनय गरिरहेकी छिन् । यो फिल्ममा अमिताभ बच्चन, रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिका रहेका छन् । फिल्ममा नागार्जुन र शाहरुख खान पनि अतिथी भूमिकामा रहनेछिन् ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया