ग्रामी अवार्डमा जोनलाई ५ र ओलिभियालाई ३ अवार्ड

लसभेगास - आइतबार साँझ अमेरिकाको लस भेगासमा सम्पन्न ग्रामीको अवार्डको ६४ औँ संस्करणमा जोन बाटिस्टेले ५ वटा अवार्ड जितेका छन् । ११ वटा विधामा मनोनयनमा परेका जोनले उत्कृष्ट एल्बमसहित रेकर्ड अफ दि इयर आदि विधामा अवार्ड जिते ।
जोनपछि सर्वाधिक अवार्ड जित्नेमा सिल्क सोनिक अगाडि रह्यो । यो समूहले ४ वा ट्रफी आफ्नो भागमा पार्न सफल भयो । ओलिभिया रोड्रिगो र फो फाइटर्सले समान तीन विधामा अवार्ड जिते ।
कार्यक्रममा लिल नास एक्स, बीटीएस, सिल्क सोनिक, लेडी गागा, रोड्रिगो, जस्टिन बेबर, बिल्ली एलिस आदि गायक गायिकाले गीत प्रस्तुत गरेका थिए ।
अवार्ड समारोहमा जस्टिन बेबर खालि हात रहे । कार्यक्रममा जस्टिन ८ विधामा मनोनयनमा थिए । यसैगरी ७ विधामा मनोनयनमा परेकी बिल्ली एलिसले ३ विधामा अवार्ड जितेकी थिइन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया