जिल्ला र उच्च अदालतबाट अनलाइन तारिख लिन पाइने

काठमाडौँ - विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षले जिल्ला र उच्च अदालतबाट अनलाइन तारेख लिन पाउने भएका छन् । विशेष अदालतको पूर्ण बैठकबाट सूचना प्रविधिको प्रयोग (अनलाइन)बाट तारिख लिनेसम्बन्धी निर्देशिका, २०७२ पारित भएपछि उक्त व्यवस्था लागू हुने भएको हो ।
अदालतका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीका अनुसार जिल्लामा रहेका सेवाग्राहीलाई अदालतसम्म आउन नपर्ने गरी सहजरूपमा तारिख लिन सो सुविधाको व्यवस्था गरिएको हो ।
उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । अदालतले अनलाइन तारिख लिनका लागि शाखा अधिकृत भूपेन्द्र उपाध्याय, शाखा अधिकृत यज्ञराज रेग्मी र प्राविधिक टामलाल भुसाललाई तोकेको छ ।
सर्वोच्च अदालतबाट अनलाइन तारिखको सुविधा उपलब्ध गराउनका लागि आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरण गर्न यही चैत १७ चैत गते आदेश भएको थियो । त्यस्तै अनलाइनबाट तारिख लिनका लागि विशेष अदालतले निर्देशिकाको अनुसूची २ बमोजिम फारामको ढाँचासमेत बनाइसकेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया