नयाँ वर्षमा 'गेट सेट गोदरेज' योजना

काठमाडौँ - गोदरेजले यो नयाँ वर्षलाई लक्षित गरी 'गेट सेट गोदरेज' नामक योजना सार्वजनिक गरेको छ । गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यास ब्याक र उपहारहरू प्राप्त गर्न सकिने योजना कम्पनीले सार्वजनिक गरेको हो।
ग्राहकहरुले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २१ प्रतिशतसम्मका छुट र आकर्षक उपहारहरू पाउन सकिने छ। फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै २ केजी एरियल वाशिङ पाउडर पनि पाउन सकिनेछ भने माइक्रोवेभ ओभनमा आकर्षक छुटको साथै कुकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कुलर, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।
साथै एसीमा आकर्षक छुट र ४ हजार बराबरको निशुल्क एसी जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
नेपालभर गोदरेजको ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्स सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारी पाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबि भवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया