शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

सेन्साई को 'नयाँ वर्ष, भाग्यको वर्षा'  योजना सार्वजनिक

काठमाडौँ - जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै 'नयाँ वर्ष, भाग्यको वर्षा' नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।​सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरू जित्न सकिने गरी कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरू जित्न सक्नेछन् । १  भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाइक, २ भाग्यशाली ग्राहकहरुले एप्पल म्याकबुक एयर ल्यापटप, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड जित्न सकिने छ।        

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलिभरी पनि प्रदान गर्ने जनाएको छ । सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन 'SENSEI' टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस.एम.एस गर्नुपर्नेछ । कम्पनीले यो योजना चैत्र १०, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ । सेन्साई ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इओएल रहेको छ ।