बार निर्वाचन: मतपेटिका आउने क्रम जारी, भोलिबाट मतगणना

काठमाडौँ - नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन ।
नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ ।
आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको छ । उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ ।
उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ केन्दबाट मतदान भएको थियो । काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० रहेका छन् ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया