बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

अध्यागमनकाे तथ्यांक : तीन महिनामा २,०७,६९५ फर्किए, २,८५,०४८ ले नेपाल छाडे

फाइल तस्‍बिर

काठमाडौं- सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ । 

अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट कूल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् । 

पछिल्लो तीन महिनामा टिआइएबाट आवतजावत गर्नेमध्ये २ लाख ७ हजार ६९५ जना नेपाल फर्कनेहरु थिए । सोही अवधिमा २ लाख ८५ हजार ४८ जना नेपाली अध्ययन, रोजगारी लगायतका कारण विभिन्न देश गएका थिए । 

गत मार्चमा मात्र ८० हजार ७३३ जना नेपाली स्वदेश फर्केका थिए भने ९५ हजार ५५५ जना टिआइए हुँदै विभिन्न देश गएका थिए ।  २०२२ जनवरीमा एक लाख ५ हजार ९७२ जना नेपालीले देश छोडेका थिए । सोही अवधिमा ७२ हजार ५२४ जना स्वदेश फर्केका थिए । 

गत फेब्रुअरीमा ५४ हजार ४३८ जना नेपाली स्वदेश फर्केको र ८० हजार ५२१ जना विभिन्न देश गएको विभागको तथ्याङ्कले देखाउँछ ।