बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

१० देखि १५ प्रतिशतसम्म बढ्याे भाडा, कुन ठाउँकाे कति ?

फाइल तस्बिर

काठमाडौँ - यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

केही दिनअघि यातायात व्यवसायीहरुसँग भएको सम्झौता अनुसार विभागले आइतबारदेखि लागू हुने गरी नयाँ भाडा कायम गरेको हो ।

विभागले १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढेको छ ।

साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी भाडा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५ प्रतिशतले बढाएको छ ।