नयाँ वर्षमा शाओमीको ‘मि मा डबल मज्जा’ अफर

काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरूले एउटा मि नोट बुक प्रो अथवा ४० इन्चको मि ४ ए टेलिभिजन जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना भाग्यशाली बिजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोट बुक प्रो र ६ जना भाग्यशाली विजेताहरूले साप्ताहिक लक्की ड्र मार्फत ४० इञ्चकोे मि ४ ए टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभीमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्ने कम्पनीले जनाएको छ ।
साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभी हेर्दा पनि अरु टिभीमा भन्दा ४०% बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभी किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभी किने पनि ठुलो टिभीमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मुल्य २९ हजार ९ सय देखि १० हजार ९९९ रुपैयाँका रहेको कम्पनीले जनाएको छ ।
यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागू हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_uHb1riEQkR_xkd8efsbzrd8hbcauurliwsluu0jbpmqj7w5m7bm9ajk70spzlgqop0p0oaq.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया