प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

इस्लामाबाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।
तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरीत भएको सुरीले बताए ।
एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए । प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।
यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया