पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद भंग गर्न सिफारिस गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद भंग गर्नका लागि सिफारिस गरेका हुन् । उनले देशमा नयाँ चुनावका लागि समेत आह्वान गरेका छन् ।
संसदमा अविश्वासको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानले संसद भंग गर्नका लागि सिफारिस गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनले लोकतान्त्रिक तरिकाले निर्वाचन हुनुपर्ने तथा पाकिस्तानी जनतालाई निर्वाचनका लागि तयारी गर्न आग्रह गरे ।
उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरेका छन् । अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही घण्टा अघि विपक्षीले राष्ट्रिय सभाका सभामुख असद कैसर विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि सुरी अध्यक्ष बनेका थिए ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया