बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

लोमानथाङ्गमा हिमालय बचाउँ अभियान

काठमाडाैँ- मानव अधिकार तथा शान्ति समाजद्वारा २०७८ चैत २० गते मुस्ताङको लोमानथाङ्गमा हिमालय बचाउँ ः नदी जोगाउँ भन्ने आह्वानसहित जागरण कार्यक्रम गरिएको छ । 

कार्यक्रमका दौरान जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाउँ अभियान र युद्ध निषेध ः शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको थियो ।

चैत १७ गते गोरखाबाट शुरु भएको हिमालय बचाउँ ः नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार विषयक अभियानका क्रममा गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा भइसकेको छ । सोही अभियानका दौरान लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध जनचेतना र युद्ध निषेध ः शान्ति विशेष अभियानमा केन्द्रीत रही अवधारणापत्रहरु समेत वितरण गरिएको थियो ।

कोण सभाहरुलाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्णबहादुर रावल, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य किरण ढकाल र काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी लगायत शान्तिवादीहरुले सम्बोधन गरेका थिए।

यसैगरी रुकुम पुर्व, रुकुम पश्चिम र सल्यानमा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशिल बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, दाङ शाखा सभापति तुलसीराम सुनारले सम्बोधन गरेका हुन्।