गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

काठमाडौं - जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपाली रहेका छन् ।
ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको प्रहरीले जनाएको छ । सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार नेपाली सोही ट्रयाक्टरबाट खसेका थिए ।
ट्रयाक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया