२० वर्षपछि अमेरिकाले गर्यो कैदी रिहा

काठमाडौँ – ग्वान्टानामो खाडीमा कैदी जीवन विताइरहेका सुफियान बरहौमीलाई २० वर्षपछि अल्जेरिया फिर्ता पठाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार बरहौमीले ग्वान्टानामो खाडीमा २० वर्षसम्म कैदी जीवन विताएका थिए र उनलाई अल्जेरिया फिर्ता गरिएको छ ।
सन् २००२ मा अल–कायदाका शीर्ष सदस्यहरूसँगै बरहौमी पाकिस्तानको एक सेफहाउसबाट पक्राउ गरिएको थिए र उनीमाथि अमेरिकामा बम विष्फोट गर्ने योजनामा सहभागी भएको आरोप लगाइएको थियो ।
तर अमेरिकी रक्षा विभागले उनको हिरासत आवश्यक नभएको बताएपछि उनलाई रिहाइ गरिएको हो । अमेरिकी अधिकारीहरूका अनुसार अल्जेरियाले बरहौमीलाई मानविय व्यवहार गर्ने विश्वस्त पारेको छ । तर अल्जेरियाले सार्वजनिक रुपमा भने यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । एजेन्सी

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया