मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एमाले र माओवादी नैतिकता नभएका पार्टी : प्रकाशमान सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी र एमालेको  डिस्‍नअरीबाट  नैतिकता भन्‍ने शब्द हराएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित  पार्टी प्रवेश कार्यक्रममा जनतासँग ल्याएर बएको म्याण्डेट केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा गर्न नसकेको बताए । 

आफ्ना घोषणापत्र र जनम्याण्डेट पूरा नगरेपछि नैतिकता देखाएर राजनीतिप्रतिको विश्‍वास बढाउनुको साटो झनै आदर्शका कुरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा टासिइरहेको बताए । अहिले नेकपालाई सर्वोच्च अदालतले अवैधानिक ठहर्‍याएर एमाले र माओवादी बने पनि निर्वाचनमा दुवै पार्टी संयुक्त रूपमा गएकाले जिम्मेवारी दुवैले लिनुपर्ने उनको भनाइ छ । 

'एउटाले संसद् विघटन जस्तो असंवैधानिक काम गर्ने अनि अर्को यस्तो असंवैधानिक काम गर्ने  सरकारलाई समर्थन गरेर बसिरहने, दुवै राजनीतिक अस्थिरताका कारण हुन् । उनीहरू दुवैमा नैतिकता देखिएन,' सिंहले भने । 

कांग्रेस एक्लैले नैतिकताहिन सरकारको विकल्प दिन नसकिने भएकाले  सरकार हटाउन भनेजस्तो सजिलो नभएको सिंहको भनाइ छ । ओली सरकारको बहिर्गमनका लागि माओवादीको समर्थन फिर्ता नलिने निर्णय र जनता समाजवादी पार्टीको ओली सरकारसम्बन्धीको धारणा प्रस्ट नहुनु समस्या रहेको सिंहले बताए । यी दुई दलले औपचारिक निर्णय लिएपछि अन्यौलता चिर्न कांग्रेस तयार रहेको सिंहले बताए । 

निर्वाचनमा जनताले कांग्रेस लाई विस्वास नगरेर कम्युनिस्टहरूलाई मत दिएकाले मुलुक अहिलेको परिस्थितिमा पुगेको सिंहले बताए । 

कार्यक्रममा नेता सिंहले विश्वकर्मा समाजका रास्ट्रिय अध्यक्ष  गोपालप्रसाद विश्वकर्मासहित डेढ दर्जन अगुवाहरूलाई कांग्रेसमा प्रवेश गराएका थिए ।