प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने

काठमाडौं - भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।
भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने-ल्याउने व्यवस्था मिलाएको छ । देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।
शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया