मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ओली सबैमाथि खड्ग चलाउँदैछन : भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाइरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले ओली हिटलर शैलीमा सत्ता चलाइरहेको आरोप लगाएका हुन् ।

ओलीले आफूविरुद्ध बोल्ने सबैलाई क्रमशः तह लगाउने काम गरिरहेको भन्दै उनले यसकाविरुद्ध बोल्न डराउन नहुने पनि भट्टराईको भनाई छ ।

हिटलरको प्रसंग उप्काउँदै भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनॅ । किनकि म यहुदी थिइन्,......अन्त्यमा उनीहरू मविरुद्ध आइलागे । कोही पनि बोलेन । किनकि कोही पनि बॉकी थिएन’ । नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ, जसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ । होशियार !’

शनिबारको एमाले संसदीय दल र केन्द्रिय समिति बैठकले विधान संशोधन गरेर प्रधानमन्त्री ओलीलाई थप शक्ति दिने निर्णय गरेको थियो । सो निर्णयप्रति लक्षित गरेर जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ओली प्रवृत्तिविरुद्ध टिप्पणी गरेका हुन् । भट्टराई ओलीका कट्टर आलोचकमध्येमा पर्छन् ।