नेदरल्यान्ड्सविरुद्धको सिरिज न्यूजिल्यान्डले जित्यो

काठमाडौँ – न्यूजिल्यान्डले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसिय क्रिकेट सिरिज एक खेल अगावै जितेको छ ।
शनिबार ह्यामिल्टनमा भएको दोस्रो खेल १ सय १८ रनले जित्दै न्यूजिल्यान्डले सिरिजमाथि कब्जा जमाएको हो । यस अघि पहिलो खेल न्यूजिल्यान्डले ७ विकेटले जितेको थियो ।
दोस्रो खेलमा न्यूजिल्यान्डले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स ३४ ओभर १ बलमा आलआउट हुदै १ सय ४६ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि बास डि लिडेले सर्वाधिक ३७ रन जोडे ।
न्यूजिल्यान्डका लागि माइकल ब्रेसवेलले सर्वाधिक ३ विकेट हात पार्दा इश सोधी र कायल जामिसनले दुई–दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले कप्तान टम लाथमको अविजित १ सय ४० रनको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६४ रन जोड्यो ।
नेदरल्यान्ड्सका लागि लोगान भान बिकले सर्वाधिक ४ तथा फ्रेड क्लासेनले ३ विकेट हात पारे ।

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रतिक्रिया