अभिनेता स्मिथले दिए ओस्कार्स एकेडेमीबाट राजीनामा

न्युयोर्क - अमेरिकी अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिएका छन् । आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि उनी विवादित बनेका थिए । क्रिस रकलाई थप्पड हानेको घटनाले संसारभर चर्चा भएको थियो ।
‘मैले एकेडेमीको अनुशासनात्मक सुनुवाइको सूचनालाई सीधै जबाफ दिएको छु । म मेरो आचरणको सबै परिणामहरू पूर्ण रूपमा स्वीकार गर्नेछु । ९४औँ एकेडेमी अवार्ड प्रस्तुतिमा मेरो कार्यहरू स्तब्ध, पीडादायी र अक्षम्य थिए’ उनको विज्ञप्तिमा भनिएको छ ।
मञ्चबाट हास्य कलाकार क्रिसले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए । ठट्टापछि स्मिथ आफू बसिरहेको स्थानबाट उठेर क्रिसलाई थप्पड हानेका थिए । थप्पड हानेपछि स्मिथको चर्को आलोचना भएको थियो । सो घटनापछि ओस्कार्स एकेडेमीबाट राजीनामा दिन दबाब बढेको थियो।

प्रथम नेपाल तारा युकेको सांगीतिक यात्रामा

शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

प्रतिक्रिया