बिरामीको मृत्यु भएपछि अत्तरियास्थित पद्मा अस्पतालमा तोडफोड

कैलाली - बिरामीको मृत्यु भएपछि अत्तरियास्थित पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानीयहरूले तोडफोड गरेका हुन्।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएको हो । डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए ।
मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडिको सिसा फुटेको छ भने अस्पताल परिषरमा तनावग्रस्त भएको छ । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन् ।
बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । अस्पतालमा तनावग्रस्त स्थिति सिर्जना भएपछि प्रहरी दर्जनौ शेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

प्रतिक्रिया