हाम्ले होइन, ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्छ : रावल

काठमाडौँ : नेकपा एमालेका नेता भिम रावलले पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद भएको बताएका छन् । समाजिक सञ्जाल ट्वीटरमा रावलले केपी शर्मा ओलीको अवैध समितिबाट गरिएको स्पष्टीकरण सोध्ने निर्णयलाई आफूले पूर्णतः अस्वीकार गर्ने बताएका छन् ।
'राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशो गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु,' रावलले ट्वीटमा भनेका छन् ।
रावलले फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रयाकलाप किन गरेको भन्ने विषयमा ओलीले जनता र पार्टी पंङतिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
केपी शर्मा ओलीले शनिबार केन्द्रीय समिति बैठकबाट रावलसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ।यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो : pic.twitter.com/4YsYE8iEhF
— Bhim Rawal, PhD (@BhimRawal179) March 20, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया