'औषधि' र 'खाध्यपुरक सामाग्री' मा झुक्किनु भएको त छैन?
नरेश बाँस्कोटा
"न्युट्रासिउटिकल्स" अर्थात "खाध्यपुरक सामाग्री" सहज बुझ्ने भाषामा भन्न पर्दा विभिन्न खाद्यान्न, जडिबुटीबाट प्रशोधन गरेर निकालिएको पदार्थहरु अथवा कृतिम रुपमा ल्याबमा तयार पारिएर झट्ट हेर्दा औषधि जस्तै देखिने ट्याब्लेट, क्याप्सुल, पाउडर बनाएर आकर्षक प्याकेजिङ्ग गरेर बजारमा पठाइएका सामाग्रीहरु हुन्।
यस्ता सामाग्रीहरु उत्पादकले प्रयोगकर्तालाइ विभिन्न किसिमका स्वास्थ लाभ हुन्छन, शारीरिक र मानसिक विकास हुन्छ, कुनै विशेष रोगको निदान हुन्छ वा रोग लाग्नबाट जोगाउँछ भनेर बजारमा ल्याएका हुन्छन्।
हुन त हेर्दा औषधि नै देखिने र फार्मेसीबाटै बिक्री वितरण भए पनि यस्ता सामाग्रीहरु औषधि हैनन्। एकआध बाहेक प्रायः यस्ता सामाग्रीहरुको प्रयोग गरेपछि मानव स्वास्थमा कस्तो प्रभाव पर्छ भनेर विस्तृत अध्ययन अनुसन्धान गरिएको पाइदैन। अन्य औषधिको जसरी यस्ता सामग्रीको नियमन औषधि व्यावस्था विभागबाट भएको हुँदैन तसर्थ त्यो क्याप्सुल या पाउडरमा बाहिर लेवलमा भनेकै अनुपात र मात्रामा लेखिएको पदर्थ हुन्छ या हुँदैन भनेर यकिन गर्न सकिने अवस्था छैन। त्यसकालागि उत्पादकको दाबीमै भर पर्नुको विकल्प छैन। बजारको भाषामा यस्ता सामाग्रीलाई "भ्याट आइट्म" पनि भन्ने गरिन्छ, कारण यस्ता प्रोड्क्ट्समा भ्याट लाग्छ। औषधिको बिलमा विशेष गरी क्याप्सुल, ट्याब्लेट र पाउडर प्रोड्क्ट्स जसमा भ्याट जोडिएको हुन्छ त्यो सम्भवत न्युट्रा प्रोड्क्स हुन सक्छ।
पछिल्लो समयमा नेपालमा पनि न्युट्रासिउटिकल्सको प्रयोग बढ्दो रहेको छ। कतिपय बिरामीको अवस्था हेरेर केही समय यस्तो खाध्यपुरक सामाग्री आवश्यक पनि पर्छ तर अहिले नेपालमा बिरामीको आवश्यकताभन्दा पनि न्युट्रा कम्पनीहरुको आक्रमक बजारीकरणबाट प्रभावमा परी डाक्टरले नै अन्य औषधिसँगैँ एउटा दुइटा न्युट्रा प्रोडक्ट्स पनि औषधिको पुर्जामा लुसुक्क लेखिदिने प्रचलन बढ्दो छ। बिशेष त प्रयोगकर्ता आफैँले जानेर भन्दा पनि डाक्टरले लेखिदिएको औषधि हो खानै पर्छ भन्ने सोचेर थाहै नपाइ प्रयोग बढिरहेको छ।
यसै त चर्को मुल्यमा स्वास्थ सेवा लिइरहेका जनताहरु यसरी थाहै नपाई अनावश्यक खाध्यपुरक सामाग्री महँगो मुल्यमा खरिद गरी सेवन गर्न बाध्य छन्। नमिठो शब्दमा भन्न पर्दा "लुटिएका" छन । सोझा जनता माथिको यस्तो ब्रह्मलुट रोक्ने कसले खै?

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ

राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो

सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छः भीमप्रसाद आचार्य

कसरी मान्छन् नेपालीले ती आन्दोलन, अनि तीनकुने हत्याकाण्ड!
_INHWNXryjv_fdkzzdtxzynpn9vv9gjc3yqloqlwywuv6njfws8ai9yq7b88uctbezl5aodu_CB11MzLiVF_aw6pxab3g1kgq8m3f3xf3iakximqruwuc1uaykyvxzxmxzjxmdftuwty8poa.png)
नासिँदै गएको जल भण्डार र सगरमाथा संवाद-२०२५

प्रतिक्रिया