दिल्ली पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवालाई स्वागत गर्न नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा भारतका लागि नवनियुक्त राजदूत डा.शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । होटलमै अहिले साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकरले देउवालाई शिष्टाचार भेट गर्दैछन् ।
विदेशमन्त्री एस जयशंकरसँगको बैठकपछि देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यलयको भ्रमण गर्ने तय भएको छ । त्यसपछि उनी बारखम्बा रोडस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछन्, त्यहाँ उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि भेट्नेछन् ।
शनिबार विहान महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ । यसबाहेक देउवा र मोदीबीच एक्लाएक्लै भेट्ने पनि तय भएको छ ।
देउवासँग परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य मन्त्री विराेध खतिवडा, उर्जा मन्त्री पम्फा भुषााल, कृषिमन्त्री महेन्द्र राय यादव लगायत सहभागी छन् ।
देउवा वाराणसी हुँदै आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया