प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा, तीन मन्त्रीहरुसहित ५० जना सहभागी छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् । भारतमा रहँदा देउवाले विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्नेछन् ।
दुई देशबीच विभिन्न द्धिपक्षीय सम्झौताहरुसमेत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवा आइतबार स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया