किन रोकियो दुर्लभ सालक संरक्षण अभियान ?

काठमाडौँ : विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालक अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । वाग्मती प्रदेश सरकारबाट विगत दुई आर्थिक वर्षदेखि नियमित बजेट चालू आवमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभियान रोकिएको हो ।
संरक्षण अभियानअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलस्थित डिभिजन वन कार्यालयले सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । 'प्रदेश सरकारबाट यो वर्ष बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ', कार्यालयका प्रमुख देवीचन्द्र पोखरेलले भने । उनका अनुसार अघिल्लो आवमा वाग्मती प्रदेश सरकारले रु दुई लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा पाँच लाख रुपैयाँ पठाएको थियो ।
सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित देखिएका थिए । कार्यालयले अघिल्लो आवदेखि जिल्लाको कुनकुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे अनुसन्धान थालेको थियो । सालकको उपयुक्त बासस्थान मानिएको महाभारत पर्वत श्रृंखलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा अघिल्लो आर्थिक वर्षमा पहिलो चरणको चेतनामुलक कार्यक्रम भएको थियो ।
कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो । काभ्रेपलाञ्चोकको महाभारत पर्वत श्रृंखलासँग जोडिएको क्षेत्र तथा पाँचखाल क्षेत्रका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला ९खपटा० तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ । रासस

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया