गायक प्रेमीसँग आनाको एडभेन्चर ‘डेट’

काठमाडौँ - अभिनेत्री आना शर्मा अंग्रेजी नयाँ वर्षदेखि गायक सुशान्त केसीसँग देखिन थालेकी छिन् । अनमोल केसीलाई छाडेर सोनम शेर्पासँग नजिकिएकी आना यतिबेला सोनमलाई पनि माया मारेर सुशान्तसँग डेट गरिरहेकी छिन् । यसको छनक दुवैले दिएका थिए नयाँ वर्षमा मुस्ताङ टुर हानेर ।
मुस्ताङमा उनीहरूले एकै ठाउँमा फोटो खिचेका थिए तर सँगै राखेका थिएनन् । मतलब उनीहरू आफूहरूको प्रेम ‘रिभिल’ गरिहाल्ने पक्षमा थिएनन् । तर भर्खरै भने दुवैले एकसाथ घुमेको र रमाइलो गरेको फोटो सार्वजनिक भएको छ ।
पोखराको हेम्जास्थिति हाइग्राउन्ड एडभेन्चरले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको फोटोमा आनालाई सुशान्तसँग जिप लाइनको मजा लिइरहेको देख्न सकिन्छ । योबाहेक दुवैले सँगै फोटो पनि खिचाएका छन् । यो जिप लाइनमा यसअघि थुप्रै सेलिब्रेटीले कावा खाइसकेका छन् ।
आनाको हातमा अहिले कुनै प्रोजेक्ट छैनन् । प्रवेश पौडेलले निर्देशन गर्ने भनिएको अनाम फिल्ममा उनले साम्राज्ञीराज्य लक्ष्मी शाह र मनिष राउतसँग काम गर्ने खबर सार्वजनिक भएको थियो । तर यो फिल्मको कुनै सुरसार छैन । यसैगरि अर्पण थापाको ‘लिम्बो’मा पनि आना रहने चर्चा थियो जसको काम पनि अगाडि बढेको छैन ।
यता सुशान्त केसी भने गायनमा सक्रिय छन् । अष्ट्रेलियाबाट फर्के गायनमा सक्रिय उनले केही समयअघि सार्वजनिक गरेको गीतमा आनाले अभिनय गरेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया