यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ- सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौँदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् ।
उनले भारत भ्रमण मुलुकको हितमा भ्रमण केन्द्रीत रहने पनि बताए । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले अरुण ३ जलबिद्युत परियोजनाको पहूँच मार्ग अन्तर्गत छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा बितरण गर्ने निर्णय गरेको छ भने विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ
त्यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थीत गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रवन्धक पदमा लाल बहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

प्रतिक्रिया