करेन्ट लगाएर माछा मार्नेलाई कारबाही

हुम्ला : हुम्लाको तल्लो भेगमा रहेका अदानचुली गाउँपालिका आसपासका क्षेत्रमा कर्णाली नदीमा करेन्ट लगाएर माछा मार्नेलाई कडा कारबाही गर्ने भएको छ । पारिस्थितिक प्रणालीमा नै नकरात्मक असर पर्ने गरी गरिने यस प्रकारका काम रोक्नका लागि स्थानीय प्रहरीले कडा कारबाही गर्ने भएका हुन् ।
केही वर्षदेखि यहाँका स्थानीवासीले कर्णाली नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनाएको छ । स्थानीय प्रहरीको लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण नदीमा करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको स्थानीय अगुवाको भनाइ छ । खुलेआम नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको उनीहरुको गुनासो छ । नदीमा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको बताइएको छ । रासस

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया