सुनको मूल्य तोलामा आठ सयले बढ्यो

काठमाडौँ - सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको छ ।

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया