मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ब्यापारी क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनतर्फ लागे  : डा. भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ब्यापारीले क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउन थालेको बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा डा. भट्टराईले लेखेका छन्, 'निजीक्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तॅछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रूपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनु हो।' 

डा. भट्टराईले नीजि क्षेत्रका ब्यक्ति लगानीमैत्री वातावरण निर्माण गर्न लाग्‍नुको साटो सत्ताधारी पार्टीमा जान तछाड् मछाड् गरेको आरोप लगाएका छन् । 'निजी क्षेत्रले त लगानीमैत्री वातावरण,विधिको शासन,रोजगारी/निर्यात प्रबर्धन आदि पो खोज्ने हो!सबै उही ड्यांगका मुला ?' डा. भट्टराईले लेखेका छन् ।