बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

२ हजार भिजिविलीटीका कारण आन्तरिक उडान प्रभावित हुने

फाइल तस्बिर

काठमाडौँ- 'वर्ल्ड एयर क्वालिटी’ को रिपोर्टअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको पाँचौ स्थानमा छ । शुक्रबार बिहानसम्‍म यो समाचार तयार पार्दासम्म प्रदूषित सहरको पाचौँ स्थानमा रहेको छ । काठमाडौँको वायुमण्डलमा वायुको गुणस्तर सूचांक (एक्यूएआई) १५५ छ ।

वायु प्रदूषणकै कारण कारण काठमाडौँ उपत्यकाको भिजिबिलिटी दुई हजार मिटर रहेको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई हजार मिटर भिजिविलिटी रहेको छ ।

आकाश सफा नभएकाले आन्तरिक उडान प्रभावित हुनेछन् । आन्तरिक उडानका लागि पाँच किलोमिटरभन्दा तल भिजिविलिटी हुन नहुने उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानलाई भने दुई हजार मिटरले प्रभाव पार्न नसक्ने सिटौलाले जानकारी दिए । अन्तर्राष्‍ट्रिय उडान प्रस्थानका लागि ६५ वटा छन् ।

दुई हजार मिटरको भिजिविलिटीका कारण आकाशको फ्रिक्वेन्सी घट्दा टाढा-टाढासम्म नदेखिने भएकाले डोमेस्टिक उडानमा प्रभाव पर्ने उनले बताए ।'अहिलेको अवस्थामा रहेमा आन्तरिक विमानका उडानहरू २ देखि ३ घण्टासम्म डिले हुन्छन', सिटौलाले भने ।

आजका लागि १ सय ४४ आन्तरिक उडानहरू छन् । पहाडी क्षेत्रका लागि यस्तो मौसम रहेमा पूर्ण रुपमा डिले हुन सक्ने उनको भनाइ छ ।