पसल लुटेराले गरे सञ्चालकमाथि आक्रमण

भैरहवा- सुनचाँदी पसल लुट्न आएको समूहले पसल सञ्चालकमाथि आक्रमण गरी घाइते बनाएको छ । रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हथौडा प्रहार गरी पसलका सञ्चालकलाई घाइते बनाएका हुन् ।
बिहीबार साँझ करिब ६:३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल सञ्चालकमाथि नै आक्रमण गरेका थिए । सञ्चालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया