यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।
देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार भोलि दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् ।
शनिबार देउवाले बिहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।
शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदार र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।
सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
आइतबार ९ बजे देउवा बाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । बाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् ।
भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया